काठमाडौं । नेपाल सुपर लिगको नयाँ टोली स्पोर्टिङ इलाम ‘डी’ मेचीले ट्यापआउट फिटनेससँग सम्झौता गरेको छ । सम्झौताअनुसार ट्यापआउट फिटनेस इलामको फिटनेस पार्टनर रहने इलामले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । स्पोर्टिङ इलाम एफसीका प्रमुख कार्यकारी अधिकृत पियुषबहादुर न्यौपाने, प्रशिक्षक मेघराज केसी र ट्यापआउट फिटनेसका निर्देशक यलम्बर राई, ट्यापआउट फिटनेसका संस्थापक महेन्द्र घलेको सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा सहभागिता थियो ।
ट्यापआउट फिटनेसले यस क्लबका खेलाडीहरूलाई स्ट्रेन्थ एण्ड कन्डिसनिङ, रिकभरी तथा जिमको सुविधा प्रदान गर्नेछ । सो सुविधामा ट्यापआउट फिटनेसले पूर्ण प्रायोजन गर्नेछ । ‘सम्भवतः नेपालमा पहिलोपटक जिमसँगै स्ट्रेन्थ एण्ड कन्डिसनिङको काम गर्ने हामी पहिलो हौँ । हाम्रो मुख्य उद्देश्य भनेको नै खेलाडीको स्तर वृद्धि गर्ने हो । खेलाडीलाई पूर्णरूपमा फिट बनाई उसले मैदानमा आफ्नो शतप्रतिशत देओस् भन्ने लक्ष्यसहित हामी काम गर्दै आएका छौँ,’ सम्झौतापछि ट्यापआउट फिटनेसका संस्थापक घलेले भन्नुभयो ।
‘स्ट्रेन्थ एण्ड कन्डिसनिङ खेलाडीलाई एकदम आवश्यक पर्छ र यसको महत्व सबै खेलाडीहरूले बुझ्नुपर्छ । स्पोर्टिङ इलाम एफसीमार्फत् फुटबलमा पनि जोडिन पाउँदा हामी खुसी र उत्साहित छौँ । खेलाडीहरूले अब हुन गइरहेको एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्न हामी हाम्रो तर्फबाट सक्दो मद्दत गर्ने छौँ,’ उहाँले थप्नुभयो । इलामले गोलकिपर विकेश कुथुलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौंविरुद्ध खेल्दै इलामले आफ्नो यात्राको सुरुवात गर्नेछ । एनएसएल मंसिर ८ गते सुरु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच