उपाधिका लागि ओमान र नेपाल भिड्दै, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंमा आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको टस जितेर नेपालले ब्याटिङ रोजेको हो ।

आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाइसकेको दुवै नेपाल र ओमान उपाधिका लागि भिड्न लागेका हुन् ।

नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउँदै विश्वकप यात्रा पक्का गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?