वायु प्रदुषणका कारण भारतले नयाँ दिल्लीमा खेलकुद कार्यक्रममा प्रतिवन्ध लगायो

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रमहरूमा प्रतिवन्ध लगाएको छ ।

वायु प्रदुषणको अनुगमन गर्ने संस्थानको सिस्टम अफ एयर क्वालिटी एण्ड वेदर फोरकास्टिङ एण्ड रिसर्च (एसएएफएआर) का अनुसार शुक्रवार दिल्लीको समग्र एक्युआई ५०४ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर प्लस श्रेणीमा परेको थियो । जुन हावाको उच्च शतर्कता स्तर हो ।

आफ्नो एडभाइजरीमा सफारले सबैलाई घरबाहिर सबै शारीरिक गतिविधि नगर्न, प्रदुषण बिरोधी मास्क लगाउन, काठ, मैनबत्ती वा धुप बाल्नबाट जोगिन र धुलो कम गर्न कोठा सफा गर्न आग्रह गरेको छ ।

दिल्ली विश्वको सबैभन्दा प्रदुषित सहरको सूचीमा परेको छ । दिल्लीका अधिकारीहरूले बढ्दो प्रदुषणको लागि छिमेकी राज्यहरू पञ्जाव र हरियाणामा पराल जलाउनु रहेको बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?