जुम्लाका दुई स्थानीय तहद्धारा भूकम्प प्रभावितलाई आर्थिक सहयोग

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्ला दुई स्थानीय तहले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चितका पीडितलाई आर्थिक सहयोग गरेकाछन् । जिल्लाको तातोपानी गाउँपालिकाले भूकम्पमा परी घाइतेहरुको उद्धार तथा राहातका लागि नेपाल सरकारलाई दश लाख सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

भुकम्प पीडित जिल्लाका लागि उद्धार,उपचार र पुनःनिर्माणमा सहयोग लागि पालिकाबाट रु दश लाख आर्थिक सहायत नेपाल सरकारको प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमै सहयोग रकम जम्मा गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ । यहाँको सिंजा गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट एक लाख आर्थिक सहयोग भुकम्प प्रभावित क्षेत्रका पीडितलाई उपलब्ध गराउने निर्णय भएको सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले जानकारी दिनुभयो । तातोपानी र सिंजा गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःखी प्रकट गरेको छ ।

शुक्रबार राति जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी १५७ जनाको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेका छन् ।

आईतबार मात्र नेपाल सरकारले जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई दुई लाख रूपैयाँ राहत दिने सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । मन्त्रपरिषद्को बैठकले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?