उत्कृष्ट चुनौती प्रस्तुत गरेको नेपाल कहाँ चुक्यो ?

तस्वीर : क्यान

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आईतवार ओमानसँग सुपर ओभरमार्पmत हार व्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याएको नेपालले १० रन मात्र बनाउन सक्यो । त्यसअघि १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८४ रन जोडेपछि खेल ‘टाई’ हुँदा सुपर ओभरमा धकेलिएको हो । तर, सुपर ओभरमा अविनाश बोहोराले खराब बलिङ गरे । नसिम खुसीले उनलाई तीन छक्का प्रहार गर्दै नेपाललाई चुनौतिपूर्ण लक्ष्य दिए । जवाफी ब्याटिङमा आएको नेपालले पहिलो बलमा नै कुशल भुर्तेललाई गुमायो ।

बिलाल खानले उत्कृष्ट बलिङ गर्दै दोस्रो बलमा कुनै रन दिएनन् । उनले तेस्रो र चौथो बलमा समान एक रन मात्र दिँदै ओमानको जित सुरक्षित गराए । कुशल मल्लले पाँचौं र छैटौं बलमा चौका प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । त्यसअघि १८५ रनको लक्ष्य पछ्याएको ओमानलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो । तर, डेथ ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिँदा सात रन मात्र खर्चिएपछि खेल ‘टाई’ भयो र सुपर ओभरमा धकेलियो । सुपर ओभरमा अविनाश महँगो भएपछि नेपाल उपाधि विमुख रह्यो ।

ब्याटिङमा राम्रो गरेको नेपालले बलिङमा सोचे अनुसारको खेल प्रस्तुत गर्न सकेन । १८५ को विशाल लक्ष्य पस्किएको नेपालकोे बलिङ तर्फ सुरुवाती ओभर निक्कै महंगो हुन पुग्यो । ओमानका ब्याट्समेन नेपालका बलरसामू खुलेर खेलेका थिए । अन्तिम ओभरमा बाउर्डी लाइनमा रोहित पौडेलको क्याच प्रयास क्याच नभएपनि चौका हुनबाट जोगिएको भए खेलको नतिजा बेग्लै हुने थियो । अफ्सोच खेल सुपर ओभरमा पुग्नुमा सोही बल नेपालको ब्याडलक भयो ।

समूहचरणमा नेपालमाथि जित निकालेको ओमान अपराजित रहँदै उपाधि जित्न सफल भयो । चुनौतिपूर्ण लक्ष्य पछ्याउने क्रममा ओमानले पहिलो ओभरदेखि आक्रामक ब्याटिङ गरेको थियो । ओमानले पावर प्लेमा एक विकेट गुमाउँदा ६३ रन जोड्यो । ओपनर कश्यप प्रजापतीले ६३ रन जोड्दा अकिब इलियसले ३३ रन, कप्तान जिसान मक्सुदले २६ रन र मोहम्मद नादिम २४ रनमा नटआउट रहँदै ओमानलाई बलियो स्थितिमा पु¥याए । अन्तिम ओभरमा सन्दीपसामु चल्न नसक्दा जित निकाल्न भने सकेन ।

नेपालको बलिङमा सन्दीप र करण केसीले दुई तथा विवेक यादव, अविनाश, गुल्सन झा र सोमपाल कामीले समान एक विकेट लिए । त्यसअघि टस जितेर उत्कृष्ट ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८४ रन जोड्यो । कप्तान रोहित पौडेलले ५२ रन र गुल्सनले ५४ रनको अर्धशतक प्रहार गर्दै राम्रो योगफलसम्म पु¥याए । नेपालले २.४ ओभरमा ओपनर आसिफ शेखलाई ६ रनमै गुमाउन पुग्यो । तर, अर्का ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै पावरप्लेमा ४७÷१ को स्थितिमा पु¥याए ।

सातौं ओभरको पहिलो बलमै नेपालले विकेट गुमायो । सन्दीप जोरा १३ बल खेलेर १० रनमा आउट भए । लगत्तै आठौं ओभरमा कुशल भुर्तेल पनि ३१ रनमा आउट भएसँगै ओमानी बलरले पकड जमाए । दबाबमा परेको नेपालले दशौं ओभरको अन्तिम बलमा कुशल मल्ललाई ३ रनमै गुमाउन पुग्यो । यससँगै नेपाल ६०÷४ को नाजुक अवस्थामा पुग्यो । तर, रोहितले पाँचौं विकेटका लागि गुल्सनसँग ७८ रनको साझेदारी गर्दै राम्रो स्थितिमा पु¥याए । १६.६ ओभरमा बिलालले गुल्सनलाई सकिल अहमदबाट क्याच आउट गराउँदै साझेदारी तोडे ।

गुल्सनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । एक छेउबाट रोहितले इनिङ अगाडि बढाए । तर, विवेक यादव ३ बल खेलेर १ रनमा आउट हुन पुगे । १६.६ ओभरमा नेपाल १३८÷५ को अवस्थामा थियो । त्यसपछि करण केसीले रोहितलाई साथ दिँदै राम्रो लक्ष्यमा अग्रसर गराए । यो जोडीले छैटौं विकेटका लागि अविजित ३२ रनको साझेदारी गरे । करणले ६ बलमा दुई छक्का र एक चौकासहित २० रन जोडे । रोहितले ३७ बलमा पाँच चौका र दुई छक्का हिर्काए । ओमानको बलिङमा बिलाल खानले तीन विकेट तथा अकिब इलियसले दुई र जिसान मक्सुदले एक विकेट निकाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?