अर्थमन्त्रीबारे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले टुंगो लगाउने तयारी

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्रीको राजीनामा बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल हुने भएको छ ।

मन्त्रिपरिषदको बैठक सकिए लगत्तै उहाँहरुबीच उक्त विषयलगायतका विषयमा छलफल हुन लागेको स्रोतले बतायो ।

आज बसेको मन्त्रिपरिषदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको बिषयमा कुनै छलफल भएन ।

आजै बिहान खुमलटारमा बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्माको विषयमा प्रधानमन्त्रीसँग छलफल गरी टुंगो लगाउने निर्णय भएकाे थियाे ।

यतिबेला प्रधानमन्त्री देउवासमेत अर्थमन्त्रीमाथि उठेको प्रश्नका कारण दबाबमा हुनुहुन्छ । उहाँको पार्टी नेपाली कांग्रेसका नेताहरुले समेत अर्थमन्त्रीका विषयमा चाँडै निर्णय लिन प्रधानमन्त्रीलाई दबाब बढाइरहेका छन् ।

अर्थमन्त्रीको यतिबेला सदनदेखि सडकसम्म चौतर्फी आलोचना भएको छ ।

अर्थ मन्त्रालयले बजेट बनाउने बेलाका सीसीटिभी फुटेज मेटिएको जवाफ आएपछि सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यतथ्य छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको थियो ।

कांग्रेसभित्र अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने आवाज जोडतोडका साथ उठिरहेको छ । यसअघि अर्थमन्त्री शर्मा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रकरणमा पनि विवादमा तानिनुभएको थियो । अधिकारीलाई शर्माले पदबाट हटाएपनि सर्वोच्च अदालतले पुर्नवहाली गरेको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?