काडमाडौं । शिष्टाचार अभियान नेपालको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर–२ मा आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व उक्त संस्थाका अध्यक्ष सुमन दाहालले गर्नुभएको थियो । प्रमुख अतिथि प्रा.पुरुषोत्तम दाहालले उक्त समारोहमा शिष्टाचार अभियान एउटा पाठशाला हो भन्नु हुँदै यसले मानिसलाई व्यवहार सिकाउँछ र मानिससँग कसरी बोल्ने र कस्तो स्वभाव प्रदर्शन गर्ने भन्ने बानीको विकास गराउँछ भन्नुभयो । उहाँले मानिस असल भएन भने शिष्ट पनि हुन सक्दैन भन्नुहुँदै सबैतिर देखिइरहेको भेदभाव र अशिष्टतालाई प्रतिबद्धताबाट सुधार गर्न सकिन्छ भन्नुभयो ।
कार्यक्रमा विशेष अतिथि नूरहरि खतिवडाले शिष्टाचारको थालनी आफैंबाट गर्नुपर्छ भन्नुभयो । अरू मानिसलाई परिवर्तन गर्न आफू शिष्ट भएरमात्र सकिन्छ उहाँले भन्नुभयो । अर्का अतिथि डा.रमेश आचार्यले आफ्नो पेशा संबद्ध काममा शिष्टाचारको अझै बढी आवश्यकता भएको विचार व्यक्त गर्नुभयो । रामेश्वर निरौलाले पनि आजको सन्दर्भमा शिष्टाचारको आवश्यकता अझै बढिरहेको विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा हालैै भूकम्पमा परी दिवंगत हुन पुगेको नेपालीहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मौन धारणा गरिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । कार्यक्रबाट सुमन दाहालकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरियो । कार्य समितिको उपाध्यक्षमा दामोदर निरौला, सचिवमा मुकुन्दराज दाहाल, कोषाध्यक्षमा शारदा दाहाल खतिवडाका साथै सदस्यहरूमा कमला ढुंगेल, निर्मला सुवेदी, नोदनाथ त्रिताल, श्रीकृष्ण सुवेदी, केशव दाहाल, विष्णुकुमार कार्की र कुबेर राई चयन हुनुभएको थियो । दामोदर निरौलाले स्वागत मन्तव्य राख्नुभएको उक्त, कार्यक्रमको ‘सञ्चालन केशवप्रसाद दाहालले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति सुमन दाहालले शिष्टाचार अभियान नेपालको बारेमा प्रकाश पार्दै आफ्नो मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा आजीवन सदस्यहरूलाई प्रमाणपत्र पनि दिइएको थियो । उक्त कार्यक्रमा हरिहर दाहाल, आशीष दाहाल कान्ता दाहाल अधिकारी, बालकृष्ण निरौलालगायत व्यक्तिहरूले पनि अ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । यसपूर्व शिष्टाचार अभियान नेपालको भवन शिलान्यास गरिएको थियो भने वृक्षरोपणसमेत गरिएको थियो । ‘शिष्टाचार घर’ नाम दिइएको उक्त भवनको शिलान्यास गर्दै पनौती न.पा.वडा-२ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले आफ्नो ठाउँमा यस्तो राम्रो अभियानको भवन बन्न लागेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच