जाजरकोट भूकम्प : नाम दोहोरो परेपछि मृतकको संख्या घट्यो, १४७ जनाको दाहसंस्कार

तस्बिरः सामाजिक सञ्जाल

नन्दराम जैशी
Read Time = 2 mins

सुर्खेत । जाजरकोट रामीडाँडामा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । यसअघि जाजरकोटका तीन पालिकामा १०५ जनाको मृत्यु भएको भनिए पनि नाम दोहोरो परेपछि मृतकको संख्या भने घटेको छ ।

प्रहरीका अनुसार मृतक चार जनाको नामावली दोहोरो परेको हो । १५७ जना मृतक भनिए पनि अब मृतको संख्या १५३ जना मात्रै रहेको छ ।

मृतकमध्ये १ सय ४७ जनाको परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएका जाजरकोटका १०१ जना मध्ये ९५ जनाको शव आफन्तले बुझेर अन्तिम दाहसंस्कार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार ६ जनाको शव आफन्तले अझै बुझ्न बाँकी छ । यस्तै रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाकै आफन्तद्वारा अन्तिम संस्कार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टाईले मृतकहरूको आइतबार नै अन्तिम संस्कार गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?