फ्रिडम फाइटरद्वारा उपाधि रक्षा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । डिफेण्डिङ च्याम्पियन फ्रिडम फाइटरले दोस्रो वडाध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चाबहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चाबहिल मैदानमा भएको फाइनलमा फ्रिडमले तकामी भेट्रानलाई तीन-एक गोलले पराजित गर्दै उपाधि रक्षा गर्‍यो ।

फ्रिडमका लागि ‘म्यान अफ द म्याच’ विकर्ण श्रेष्ठले दुई तथा राजकुमार घिसिङले एक गोल गर्नुभयो । तकामीका रितेश थापाले एक गोल फर्काउनुभयो । उपाधिसँगै फ्रिडमले एक लाख नगद पुरस्कार हात पार्‍यो । तकामीले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

काठमाडौं महानगरपालिका वडा नं. ७ द्वारा आयोजित प्रतियोगितामा तकामीका रितेश थापा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । गोलरक्षकमा मुकुन्द थापा, डिफेन्समा राजनलाल नेपाल र मिडफिल्डमा राजकुमार घिसिङ उत्कृष्ट खेलाडी चुनिनुभयो । उत्कृष्ट तीनै खेलाडी फ्रिडमका हुन् । उत्कृष्ट चारैले जनही पाँच हजार नगद पुरस्कार पाउनुभयो । साताव्यापी नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?