नागरिकको जीउधनको सुरक्षा निम्ति सधैँ गम्भीर हुन डिआइजी ज्ञवालीको निर्देशन

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले नागरिकको जीउधनको सुरक्षा निम्ति सधैँ गम्भीर हुन निर्देशन दिनुभएको छ ।

प्रदेश १ को जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण गर्दै उहाँले जिल्लामा अपराध नियन्त्रण, घटनाको सफल अनुसन्धान, शिथिल मुद्दाको फछ्र्यौट, लागुऔषधको प्रयोग र ओसारप्रसार नियन्त्रण एवं न्यूनीकरण गर्न कडाइका साथ जाँचको व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो ।

डिआइजी ज्ञवालीले जिल्लामा जनचेतनाका कार्यक्रम सञ्चालन गर्न तथा संगठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्नसमेत निर्देशन दिनुभयो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थादेखि विविध विषयवस्तुका बारेमा जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?