हलेसी तुवाचुङ नगरपालिकाद्धारा भूकम्प पीडितलाई साढे ११ लाख सहयोग

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 1 min

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको छ ।

नगरका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको दुई दिनको सेवा सुविधा तथा तलब भत्ता कट्टा गरी भूकम्प पिडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार ११ लाख ५१ हजार १०० रुपैयाँ सहयोग पठाईएको मेयर विमला राईले बताउनुभयो ।

आईतबार बसेको कार्यपालिकाको बैठकले सहयोग पठाउने निर्णय गरेको थियो। भूकम्पका कारण मृत्यु भएका नागरिकप्रति नगरपालिकाले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट हालसम्म १५७ जनाको मृत्यु भएको छ । २४६ जना घाईते भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?