बोदेबर्साईन नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक पक्राउ

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

सप्तरी । जिल्लाको बोदेबर्साईन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार अर्काको मोटरसाइकलमा लागुऔषध राखेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा सहसंयोजक साहले लागुअ‍ौषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेले बताउनु भयो ।

वोदेवर्साइन ५ का सहसंयोजक साहले ठाकुरको लु५५प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्रोभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअ‍ौषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले बताउनु भयो ।

सोही आरोपमा बोदेबर्साईन नगरपालिका ५ जाँजरका मो. नजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?