काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १६औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेशको अवसरमा आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा सम्पन्न रक्तदान कार्यक्रममा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा भएको रक्तदानमा ४० पिन्ट, मधेश प्रदेशको वीरगञ्ज शाखामा भएको रक्तदानमा २३ पिन्ट, बर्दिबास शाखाको रक्तदानमा ३० पिन्ट, नारायणगढको खैरहरी पर्सा शाखामा भएको रक्तदानमा एक सय १० पिन्ट, पोखरा क्षेत्रको पस्र्याङ शाखाको रक्तदानमा ४६ पिन्ट र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखाको रक्तदानमा ३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
सोही कार्यक्रमअन्तर्गत गत शनिबार बुटवल क्षेत्रको बुटवल शाखामा भएको रक्तदानमा ७६ पिन्ट रगत संकलन भएको थियो । बैंकका अनुसार कुल चार सय १७ पिन्ट रगत संकलन भएको छ । वार्षिकोत्सवकै कार्यक्रमअन्तर्गत बैंकले कोशी प्रदेशको विराटचोकस्थित सुकुना बहुमुखी क्याम्पसमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्तिसमेत प्रदान गरेको छ ।
छात्रवृत्ति रकम क्याम्पसको व्यवस्थापन संकायमा अध्ययनरत १० जना जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले बताउनुभयो । बैंकले वार्षिकोत्सवका अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापीरूपमा कार्यक्रम गरिरहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच