ललितपुर । रोपेर फूल गोदावरी, सजाऔँ घर आँगनवरिपरि भन्ने नाराका साथ आयोजित १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार सम्पन्न भएको छ । छ दिनसम्म सञ्चालन भएको मेलामा ४५ हजारले अवलोकन गरेको र एक करोड १६ लाखभन्दा बढीको काराबोर भएको आयोजक फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)का उपाध्यक्ष सिताराम पन्तले जानकारी दिनुभयो ।
मन्दीका बाबजुद पनि यस वर्षको अपेक्षा गरिएभन्दा पनि सफल भएको उहाँले बताउनुभयो । फ्यानका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस वर्षको मेलामा गत वर्षभन्दा बढी कारोबार भएको हो । गत वर्ष ८१ लाखको कारोबार भएको थियो ।
पुष्प विकास केन्द्र सहआयोजक रहेको मेलालाई कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको थियो भने सेवा कोकोपिटले प्रयोजन गरेको थियो । कृषि विकास बैंक बैंकिङ साझेदार रहेको छ । पन्तका अनुसार मेलामा व्यावसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल र सूचनामूलक पाँच गरी ६२ प्रदर्शनी कक्ष रहेका थिए ।
जावलाखेल खेल मैदानमा भएको मेला भूकम्प पीडितको सहयोगार्थ एक दिन थप गरिएको थियो । थपिएको एक दिनमा बिक्री भएको प्रवेश टिकटको आम्दानीको ५० प्रतिशत रकम भूकम्प पीडितलाई प्रदान गरिने फ्यानका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच