संसदीय दलको नेता चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता आज चयन गर्दैछ ।

प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको रास्वपा संसदीय दलको नेता छान्न लागेको हो । त्यसका लागि महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको छ ।

पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई आजै महाराजगञ्जमा बधाई दिने कार्यक्रम पनि राखिएको बताइएको छ ।

त्यसपछि संसदीय दलको नेता चयन प्रक्रिया थालिने उहाँले बताउनुभयो । पार्टीका सभापति रवि लामिछाने नै संसदीय दलको नेता बन्ने पक्कापक्की जस्तै छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट गरी २० सिट जितेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार गठनको आह्वान गरेसँगै दलहरू संसदीय दलको नेता चयनको तयारीमा जुटेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?