बागलुङ । बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार राति साढे १० बजे बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेदेखि बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गदेखि करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।
मत्यु हुनेमा ढोरपाटन नगरपालिका–२ पाखेट्टका २८ वर्षीय होमबहादुर पुन र बडिगाड गाउँपालिका–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा १० जना प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरि गरिएको उहाँको भनाइ छ । उद्धार गरेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा पु¥याउँदा डाक्टरले दुई जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो ।
अहिले मृतक दुवै जनाको शव बुर्तिबाङ प्राथमिक केन्द्रमै राखिएको उहाँको भनाइ । दुर्घटना के कसरी भयो भन्ने यकिन हुन नभएको भन्दै त्यस विषयमा अनुसन्धान भइरहेको केसीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच