ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । गोडैता जिल्लाको दक्षिण पश्चिम भेगस्थित गोडैता नगरपालिका-८, सिसौटियामा मंगलबार राति ८ बजेतिर ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका मालिक एवं चालक गोडैता नगरपालिका-७, का ४० वर्षीय अशेश्वर पटेल र सह-चालक गोडैता नगरपालिका-८, का २८ वर्षीय शंकर पटेलको ज्यान गएको हो । चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै र सह-चालक शंकरको घटनास्थलमै मृत्यु भएको डीएसपी दीपेन्द्र पन्जियार थारुले बताउनुभयाे ।

दुर्घटनामा गोडैता नगरपालिका-८, बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका-८, बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते छन् । उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको प्रहरीले जनाएकाे छ ।

मृतक र घाइतेलाई ट्याक्टरले थिचिरहेको अवस्थामा जेसीबी प्रयोग गरेर बाहिर निकालिएको प्रहरीकाे भनाइले जनायो । उनका अनुसार दुर्घटनामा परेको ट्याक्टर राति प्रहरी कार्यालयसम्म ल्याउन सम्भव नभएपछि घटनास्थलमै सुरक्षितसँग राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?