हिमाल चढ्नुका कारणहरू

Read Time = 10 mins

✍️ निनाम लोवात्ती

हो, मानिसले आफ्नो जन्मथलोभन्दा टाढा (सात समुद्रपारि) रहेका देशमा गएर लाखौं डलर खर्च गरेर र कैयौं दिन लगाएर अनि आफ्नो अमूल्य ज्यानलाई समेत जोखिममा राखेर विश्वका अग्ला र खतरानक मानिने हिमाल चढ्ने प्रयास किन गर्छन् ? अथवा कुनै मानिसले त्यस्तो हिमाल चढ्छन् नै किन ? वास्तवमा गहिरिएर सोच्दा प्रश्न बढो गम्भीर छ ।

हुन पनि जाडो याम (यो वर्षको शरद ऋतु) मा पनि विदेशी तथा स्वदेशी पर्वतारोहीहरूले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने काम सुरु भएको छ । पछिल्लो समाचारअनुसार सन् २०२२ को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण गर्नका लागि विभिन्न देशका ४२ जना पर्वतारोहीले अनुमति लिइसकेका छन् ।

हो, मानिसहरू त्यसरी जोखिम मोलेर किन हिमाल चढ्छन् ? वा विदेशी पर्यटक हजारौं, लाखौं डलर खर्च गरेर किन हिमालय क्षेत्रमा घुम्न आउँछन् ? भन्ने विषयमा नेपालका प्रसिद्ध भूगोलविद्, पर्वतारोही, योजनाविद, प्रशासक, चित्रकार, लेखक, खेलाडी, खोजकर्ता, अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भन्नुभएको छ, ‘पशुले आहारा खोजे झैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्दछ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित इष्र्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ ।

पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो । पर्वत संसारको सबभन्दा गोप्य अंग छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किरात महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आपूmलाई एउटा क्षुद्र्र जीव पाउँछ ।’ –सन्दर्भ स्रोत : डाक्टर हर्क गुरुङद्वारा लिखित, ‘विषय विविध’ नामक किताबको पाना नम्बर–६१ मा रहेको ‘पर्वतारोहण’ शीर्षकको लेख ।

हुन पनि डाक्टर हर्क गुरुङले भन्नु भए झैँ नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोही पर्वतारोहणका लागि आइरहेका छन् । हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न नेपाली पर्वतारोहीभन्दा ९९ गुणा बढी विदेशी पर्वतारोहीहरू आउने गरेका छन् । नेपाली पर्वतारोहीहरू ‘पेशेवर पर्वतारोही’ हुन अभैm धेरै समय लाग्ने देखिन्छ । अर्को भनेको स्वदेशी पर्वतारोहीभन्दा विदेशी पर्वतारोहीहरूले नेपालका हिमाल चढ्न आउनेक्रममा नेपाल सरकारलाई सलामी दस्तुर अथवा ‘रोयल्टी’ तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो हिम चुचुरो सगरमाथालगायत विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये १० वटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीहरूका लागि अहोभाग्यका रूपमा रहेको मान्न सकिन्छ । त्यति मात्रै नभएर यी हिमालहरू प्रकृतिले सित्तैमा दिएको अमूल्य उपहार पनि हो ।

गुरुङका अनुसार सन् १९५९/०६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एकजना बराबर ६ हजार नेपाली रुपैयाँमात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्लै छ । विदेशी पर्वतारोहीहरूले अहिलेको अवथामा सगरमाथा चढ्नका लागि मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । उनीहरूले गर्ने अन्य खर्च त कति हो कति ! कोभिड-१९ को असर हालसम्म घटेको छैन । तापनि गत वर्ष अर्थात् सन् २०२१ नेपालका हिमालले खाली बस्नु परेन । गत वर्षको हिउँदे याममा मात्रै नेपालका ५३ वटा विभिन्न हिमाल आरोहणका लागि विदेशी पर्वतारोहीहरू आएका थिए भने तीमध्ये २७ वटा हिमालमात्रै पर्वतारोहीले सफलतापूर्वक आरोहण गरेका थिए ।

गत वर्ष हिउँद यामको पर्वतारोहणमा जाने आरोहीबाट सरकारले अनुमति दिएबापत ६ करोड ५३ लाख ८३ हजार रुपैयाँ सलामी दस्तुर उठाएको थियो भने गतवर्षको वसन्त ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले तिरेको सलामी (रोयल्टी) बापतमात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । यो वर्षको वसन्त ऋतुमा पनि सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि आउने विदेशी पर्वतारोहीबाट नेपाल सरकारले मनग्य सलामी दस्तुर (रोयल्टी)बापत आमदानी गर्ने देखिन्छ ।

हालै ‘क्लिकमाण्डु अनलाइन’ ले पर्यटन विभागलाई उद्धृत गर्दै लेखेको एक समाचार अनुसार गएको २५ चैतसम्ममा विभिन्न देशका ५०५ जना पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमतिपत्र लिइसकेका छन् । केही समयसम्म यो क्रम जारी रहने हुनाले यो वर्ष पनि पर्वतारोहणबाट राम्रै आमदानी हुने आशा गर्न सकिन्छ ।

विदेशी पर्वतारोहीहरूले अहिलेको अवथामा सगरमाथा चढ्नका लागि मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । उनीहरूले गर्ने अन्य खर्च त कति हो कति ¤ कोभिड-१९ को असर हालसम्म घटेको छैन ।

हाम्रो देश नेपालमा हिम रेखाभन्दा माथिका हिमाल (५ हजार ५ सय मिटरभन्दा माथिका) १७ सयभन्दा बढी छन् । तापनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि ४ सय १४ वटा हिमाललाई मात्रै आरोहणका लागि खुला गरेको छ । ती हिमाललाई कानुनी रूपमा मान्यता दिएर कुनै पनि देशका पर्वतारोहीबाट निश्चित रकम बराबरको सलामी दस्तुर लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्ने गरेको छ ।

हालसम्म ४ सय १४ वटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुला गरेको भए तापनि विश्वकै अग्लो हिम चुचुरो सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैठौँ अग्लो चोओयु, सातौं अग्लो धौलागिरि, आठौं अग्लो मनास्लु, १०औं अग्लो अन्नपूर्ण प्रथम (अन्नपूर्ण–१) हिमालमै पर्वतारोहीको बढी आकर्षण देखिन्छ । त्यस्तै ७ हजार मिटर र त्यसभन्दा कम उचाइ भए तापनि आमा डाब्लाम, नुप्चे, पुमोरी, बरुणत्से, कुम्भकर्ण (फक्ताङ लुङ), किरात चुली, हिमलुङ, नीलगिरि, गौ–गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनिको चुली, धाम्पुस (थापा) पिक, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, हिउँचुली, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरैजसो विदेशी पर्वतारोही नेपाल आउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?