अस्पतालको गुरुयोजना कार्यान्वयन नहुँदा स्वास्थ्य सेवा प्रवाह असहज

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 8 mins

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्वास्थ्य सेवालाई सहज बनाउन गुरुयोजना कार्यान्वयन गर्नु पर्ने बताईएको छ ।

प्रदेश सरकारले गुरुयोजना कार्यान्वयन नगर्नु सीमित श्रोत र साधनले सेवा उपलब्ध गराउनु पर्दा गुणस्तरीय सेवा प्रवाहमा समस्या भएको सरोकारवालाले बताए ।

युएनडिपीको सहयोगमा चाँदनी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा सहभागीहरुले विगतको तुलनामा लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको उल्लेख गरे ।
तर, सेवाग्राहीको आकर्षण र चाप अनुसार जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना तयार नहुँदा सेवा प्रवाह अपेक्षा अनुसारको स्वास्थ्य सेवा प्रवाह हुन नसकेको समेत उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनीका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अस्पताललाई १२ सय शैय्यामा बिस्तार गर्नेगरी अघि बढेको गुरुयोजना सर्वोच्चमा पुगेर अलपत्र पर्नु दुःखद भएको वताउनु भयो।

अस्पताल निर्माण गर्ने प्रयोजनले खोलिएको टेण्डरमै करोडौं कमिशन को विवादले सर्वोच्चमा पुगेर रोकिएको छ ।प्रदेश सरकारले अस्पतालमा सेवा विस्तार तथा विशिष्टिकृत गर्नका लागि निर्माण भएका योजना कार्यन्वयनमा चासो नदिएको श्रेष्ठले भनाई छ ।

अस्पतालमा संञ्चालनमा रहेको सामाजिक सेवा ईकाईको सेवामा समेत प्रयाप्त बजेट सरकारले विनियोजन नगर्दा आर्थिक भारमा परिरहेको श्रेष्ठको भनाई छ। अस्पतालको आन्तरिक श्रोत प्रयाप्त नभएले सामाजिक सेवा ईकाई सञ्चालनमा सरकारले थप बजेट को ब्यबस्थापन गर्नु पर्ने बताउनु भयो। उहाँले जिल्ला तथा स्थानिय पालिकामा स्वास्थ्य सेवा गुणस्तरी बनाउन सके लुम्बिनी प्रादेशिक अस्पतालमा चाप कमहुने बताउनु भयो।
जिल्ला तथा स्थानिय तहमा भैरहका अस्पतालबाट गुणस्तरी सेवा प्रवाह नहुदा लुम्बिनी प्रादेशिक अस्पतालमा टाढाबाट बिरामी आउनु पर्ने बाध्यता रहेको श्रेष्ठको भनाई छ ।
लुम्बिनी प्रदेश सांसद जमुना ढकालले लुम्बिनी प्रादेशिक अस्पतालका समस्या समाधानका लागि सबैले पहल गर्नुपर्ने बताउँदै यदि प्रदेश सरकारले नसक्ने हो भने संघीय सरकारलाई जिम्मा लगाउनु पर्ने बताउनु भयो।

विगतको तुलनामा अस्पतालमा सेवा प्रभाव थप प्रभावकारी हुँदै जाँदा जनताको मत जित्न सफल भएको दाबी गर्दै ढकालले भौतिक संरचना तथा जनशक्ति व्यवस्थापनमा मा सरकारको ध्यान जानुपर्ने बताउनु भयो।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा नेत्र रानाले अस्पतालमा २०५० सालकै दरबन्दीमा रहेर काम गर्नुपरेको वताउनु भयो।३० बर्ष पहिलेको अस्पतालमा दरबन्दी छ बिरामीको चाँप अत्याधिक छ सेवा प्रवाहमा समस्या भैरहेको वताउनु भयो । उहाँले अस्पतालमा ५ सय जनाको मात्र उपचार गर्ने क्षमता अस्पतालमा छ दैनीक २ हजार देखी २५ सय बिरामी आउछन सेवा दिन अस्पतालमा समस्या भैरहेको बताउनु भयो ।

अस्पतालमा सञ्चालन भएको सामाजिक सेवा ईकाई तथा स्वास्थ्य विमा कार्यक्रमले विरामीलाई अस्पतालसम्म ल्याउन प्रेरणा जगाएको डा रानाले बताउनु भयो।

स्वास्थ्य विमा र सामाजिक सेवा ईकामा सेवाग्राहीको आकर्षण बढीरहेको उल्लेख गर्दै रानाले सोही अनुसार सरकारले श्रोत साधनको व्यवस्था गर्नुपर्ने वताउनु भयो।

स्वास्थ्य बिमा बोड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले स्वास्थ्य बीमा योजना एक लोककल्याणकारी भएको बताउनु भयो। स्वास्थ्य बिमाले उपचार खर्च नभएका कारणले सेवाबाट वञ्चित हुनुपर्ने स्थितिको अन्त्य भएको छ धनी–गरिब सबैले आवश्यक परेको बेला निःशुल्क स्वास्थ्य सेवा लिनु भएको छ । बिभिन्न समस्या रहेका होलान ति समाधान गर्दे अघि बढने बताउनु भयो।

स्वास्थ्य बिमाले आम मानिसलाई बिरामी भएकाले गरिब हुनबाट जोगाउन र उनीहरूलाई स्वस्थ र उत्पादनशील जीवन जिउने अवसर प्रदान गर्ने सेवा भएको बताउनु भयो।
नेपाली काग्रेसका रुपन्देही क्षेत्र नं २का क्षेत्रिय सभापति प्रजापाल गिरीले सरकारले गरेको लागी अनुसार प्रतिफल प्राप्त भएको बताउनु भयो। उहाले स्वास्थ्य सेवालाई गुणस्तर बनाउनका लागि नयाँ पोलिसि ल्याउनु पर्ने बताउनु भयो । निजी अस्पतालले सरकारी अस्पताल र सरकारी अस्पतालले निजीलाई आरोप प्रत्यारोप भन्दा पनि स्वास्थ्य सेवा गुणस्तर बनाउन लाग्नु पर्ने बताउनु भयो। सभापति गिरीले स्वास्थ्य बिमाले सहर भन्दा गाउँमा स्वास्थ्यकोपहुच नभएको ठाउमा पहुचमा ल्याएको बताउनु भयो।

एमाले बुटवल नगर कमिटीका अध्यक्ष किशन ज्ञवालीले स्वास्थ्य सेवालाई गुणस्तर बनाउनका लागि सबैले आफ्नो ठाउँमा रहेर भूमिका निभाउनु पर्ने वताउनु भयो। । सरकारले अस्पतालको गुरुयोजना अघि बढाउन नसकेकोप्रति प्रश्न उठाउँदै उहाँले सामुहिक पहलबाट नै समस्याको हल निकाल्नुपर्नेमा वताउनु भयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले स्वास्थ्य सचेतना तथा गुणस्तर वृद्धिका बारेमा विभिन्न स्थानीय तह, स्वास्थ्य संस्था लगायत सरोकारवालाहरुका बीचमा कार्यक्रमहरु भइरहेको उल्लेख गर्नु भयो। कार्यक्रममा बुटबल उपमहानगरपालिका कास्वास्थ्य संयोजक युबराज पान्डेले स्वास्थ्य सेवामा नगरपालिका प्रतिबद्ध रहेरकाम गरि रहेको बताउनु भयो।

कार्यक्रममा निजी अस्पताल औषधी ब्यबसायी तथा बिभिन्न सरोकारवाहरुले आफनो धारण राख्नु भएको थियो। चाँदनी नेपालका अध्यक्ष भवानी पान्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?