गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर-८ फल्लेनी निवासी ३९ वर्षीय विष्णु वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिबार राती करिब आठ बजेको समयमा आफ्नै घरको आगनमा चट्याङ लागेर घाइते भएकी वि.क. को उपचारका लागि सदरमुकाम तम्घासतर्फ लैजाने क्रममा सिरियस भई प्राथामिक स्वास्थ्य केन्द्र इस्मा रजस्थल लगिएको थियो ।

प्राथामिक स्वास्थ्य केन्द्र इस्मा रजस्थल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?