‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ १० गतेदेखि सिनेमाघरमा आउँदै

Read Time = 2 mins

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने प्रथम महिला तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको आरोहण बारेको चलचित्र ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ यही वैशाख १० गतेदेखि हलमा प्रदर्शनी हुनेभएको छ । देशभरका क्युएफएक्सका हलहरूमा चलचित्र प्रदर्शनमा आउने पासाङ ल्हामु फाउण्डेशनले जानकारी दिएको छ ।

बुधबार सभामुख देवराज घिमिरेको आतिथ्यतामा काठमाडौंको क्युएफएक्स हलमा यो चलचित्रको प्रिमियर सो भएको थियो । फाउण्डेशन अध्यक्ष दावा फुटीका अनुसार यो चलचित्र दुई दशकको मिहिनेतले तयारी भएको हो । सन् २०२२ को मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा रिलिज भएको थियो भने अहिलेसम्म ३० जति चलचित्र फेष्टिबलमा प्रदर्शन भइसकेको छ । ३०औं पासाङ ल्हामु दिवसको अवसरमा चलचित्र सिनेमाघरमा ल्याउन हुनलागेको हो ।

क्युएफएक्सका हलहरूमा मात्रै नभएर लुक्लादेखि नाम्चेलगायत कोशी प्रदेश तथा मधेस प्रदेशसहित देशभरका मुख्य शहरमा चलचित्र देखाइने भएको छ । न्यान्सी स्भेन्डसन निर्माता तथा निर्देशक रहेको चललिचत्रको बुधबारको प्रिमियरमा न्यान्सी उपस्थित हिुनुहुन्थ्यो । उहाँले पासाङको चलचित्र बनाउनुमा धेरै आनन्द आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?