चलचित्र ‘हिँड्दा-हिँड्दै’ माघमा आउने

Read Time = 2 mins

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘हिँड्दा हिँड्दै’ आगामी माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको फष्र्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको हो ।

निर्माण टिमले साउने सोमबारको शुभसाइत पारेर फष्र्टलुकसहित चिलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको चलचित्रमा आकाश श्रेष्ठ र रेखा शाहको मुख्य भूमिका छ । साथै सार्वजनिक पोष्टरमा पनि आकाश र रेखालाई रोमाण्टिक मुडमा प्रस्तुत गरिएको छ ।

रेखा यही चलचित्रबाट रजतपटमा डेब्यु गर्दै हुनुहुन्छ । नारायण सुशील पंगेनी इन्टरटेन्मेण्टको ब्यानरमा विमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा आकाश र रेखाका साथमा सलोन बस्नेत, सानीया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गले अभिनय गर्नुभएको छ ।

राजकुमार थिङ निर्माता रहेको चलचित्रको सहनिर्मातामा केबी सुब्बा, प्रमोदकुमार तामाङ र महादेव साह हुनुहुन्छ । लीलामान तण्डुकारले खिचेको चलचित्रका गीतमा ताराप्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र नवीन निरौलाको सम्पादन छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको हाल पोष्ट प्रोडक्शन कार्य भइरहेको जानकारी निर्माण पक्षले दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?