नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड २०२३

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । 'सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति' भन्ने नाराका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड २०२३ चितवनमा सम्पन्न भएको छ । कम्पनीका अनुसार साउन १७ देखि १९ गतेसम्म सञ्चालन भएको कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने एक सय ३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरको सहभागिता रहेको थियो । कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताउनुभएको थियो । ग्राहकको सहजताका लागि नवीनतम प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधीकरण गर्ने कार्य सुरु भइसकेको उहाँको भनाइ थियो ।

सञ्चालक विमलप्रसाद ढकालले कम्पनीका बिमा अभिकर्ताले बिमालाई नेपालीको घरदैलोमा पुर्‍याउन महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभएको थियो भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले चालु आर्थिक वर्ष २०८०/८१ मा सेल्स रणनीतिबारेमा बताउनुभएको थियो । सो अवसरमा एजेन्सी मेनेजरतर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट ८१ अभिकर्तालाई सम्मान गरिएको थियो । सम्मानका साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो । एजेन्सी मेनेजरतर्फबाट क्रमशः प्रथम, द्वितीय र तृतीय हुने वसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोडतर्फबाट क्रमशः प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, शान्ता राजवंशी, भीमा पन्थीलाई अवार्डका साथै नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?