इजराइल । इजराइलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टि’कुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो । नयाँ शहरलाई ‘हानुन’ (दयालु) भनिने छ र यो एसडिओटी नेगेभ क्षेत्रीय परिषद्को भाग हुनेछ । उक्त शहरमा करिब पाँच सय परिवारको मिश्रित तथा धर्म निरपेक्ष जनसंख्या रहने छ ।
‘योजनालाई स्वीकृति दिनु इजराइली दायरा (गाजा नजिकको क्षेत्र) लाई बलियो बनाउने दिशामा थप एक कदम हो’, निर्माण तथा आवासमन्त्री यित्ज्याक गोल्डनोफले भन्नुभयो, ‘हालका दिनमा म उत्तर र दक्षिणमा संघर्ष द्वन्द्वग्रस्त बस्तीहरूको भ्रमण गर्दैछु, मुलुकमा सुरक्षा र बस्ती प्रवद्र्धनको आवश्यकता छ भन्नेबारे स्पष्ट आवाज आएको छ ।’ उहाँले बताउनुभयो, ‘निर्माण तथा आवास मन्त्रालयले बस्तीको योजना, निर्माण, विकास र सुदृढीकरणको कामलाई निरन्तरता दिनेछ’, उहाँले भन्नुभयो । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच