सिंगापुर । चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताउनुभएको छ । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर सम्मेलन हुनुभन्दा अघि उहाँको यस्तो धारणा आएको हो ।
सिंगापुरमा ब्लुमबर्ग न्यु इकोनमी फोरममा उपराष्ट्रपति झेङले बेइजिङ र वासिंगटनबीच हालैको उच्चस्तरीय बैठकहरूले सम्बन्धमा सुधार भइरहेको ‘सकारात्मक संकेत’ दिएको बताउनुभयो । ‘हामी सबै तहमा अमेरिकासँग सञ्चार र संवादलाई सदृढ बनाउन, पारस्परिकरूपमा लाभदायक सहयोगलाई अघि बढाउन, मतभिन्नताहरूलाई उचितरूपमा व्यवस्थापन गर्न र संयुक्तरूपमा वैश्विक चुनौतीहरूको समाधान गर्न तयार छौं’, उहाँले भन्नुभयो ।
निर्यात नियन्त्रण, मानवअधिकार र राष्ट्रिय सुरक्षालगायत थुप्रै मुद्दामा वासिंग्टन र बेइजिङबीचको सम्बन्ध हालैका वर्षमा उनीहरूको सबैभन्दा निम्तस्तरमा पुगेको छ । तर, दुवै पक्ष कुराहरू मिलाउन इच्छुक रहेको देखिन्छ । वासिंगटनले सञ्चारलाई सुदृढ बनाउन यसै वर्ष थुप्रै शीर्ष अधिकारीलाई बेइजिङ पठाएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले ‘रचनात्मक’ वार्ताका लागि आगामी साता सान फ्रान्सिस्कोमा शिखर सम्मेलनका अवसरमा चिनियाँ नेता सीसँग भेट हुने आफूले अपेक्षा गरेको बताउनुभएको छ । यद्यपि अमेरिका-चीन सम्बन्धको प्रश्नले ‘मानवताको भविष्यमा निर्भर गर्छ’ भन्ने राष्ट्रपति सीको विचारलाई उपराष्ट्रपति झेङले बुधबार दोहोर्याएसँगै बेइजिङले शिखर बैठकको पुष्टि गर्न बाँकी छ । उहाँले भन्नुभयो, ‘दुई मुलुकले आफूलाई विकसित गर्न र समृद्ध गर्नका लागि विश्व ठूलो छ ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच