
काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रको इकोसिस्टम विकास गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) बीच सहकार्यको घोषणा भएको छ । एक समारोहबीच क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दार र युएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेसकी प्रमुख एग्नेस लुजले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपालको आइसिटी इकोसिस्टम प्रवद्र्धन गर्न तथा आर्थिक वृद्धिलाई बढावा दिन सहकार्यबाट महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ । त्यस्तै सीमान्तकृत समुदायलगायतका सरोकारवाला पक्षका लागि आइसिटी क्षेत्रमा अवसर सिर्जना गर्ने र आइटी तथा डिजिटल सेवाको प्रतिस्पर्धा बढाउने उद्देश्यले विभिन्न कार्यक्रम संयुक्तरूपमा सञ्चालन हुने बताइएको छ ।
साझेदारीपछि नेपालमा आइसिटी प्रतिभाका लागि उपयुक्त तालिमको व्यवस्था तथा इकोसिस्टम निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको क्यान महासंघका अध्यक्ष रञ्जित पोद्दारले बताउनुभएको छ । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालको आइसिटी क्षेत्रको प्रवद्र्धन र सुदृढ गर्न सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच