नेवाः सुन्दरीका प्रतियोगीद्वारा पाककलाको ज्ञान आदानप्रदान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । १७औं संस्करणको मिस नेवाः नेपाल ११४३ का प्रतियोगी नेवार सुन्दरीहरूले नेवारी परिकार बनाउने कला सिक्दै सहभागीलाई खुवाएर नेवा ः पाक कलाको ज्ञान आदानप्रदान गरेका छन् । मिस नेवाः नेपाल ११४३ मा सहभागी अन्तिम १७ प्रतियोगीहरूले प्रतियोगिताको अभिन्न अंगका रुपमा रहेको पाक कला ज्ञान आदान प्रदानअन्र्तगत टोखाको सपनतीर्थ मन्दिरमा आयोजित कार्यक्रममा यो कलाको ज्ञान आदान प्रदान गरेका हुन् ।

मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवारी खाना संस्कृतिबारे उनीहरूलाई ज्ञान र त्यसको महत्व बुझाउन सधैँभैmँ यसपटक पनि नेवारी परिकार बनाउने कार्यक्रम आयोजना गरिएको हो । जसका लागि उनीहरूलाई प्रशिक्षण पनि दिइएको थियो । कार्यक्रममा सहभागी नेवार सुन्दरीहरूले नेवारी खाना घरमा अभिभावकले बनाएर खुवाउने गरे पनि यसपटक आफ्ना केही मौलिक परिकार बनाउन आफैँले जानेको बताए । परिकार बनाउन सिक्नुका साथै सामूहिक भोजमा रम्न पाउँदा खुशी लागेको उनीहरूको भनाइ छ ।

नेवा ः पाक कलाको ज्ञान आदानप्रदान कार्यक्रममा प्रमूख अतिथीका रुपमा सहभागी पूर्व मिस नेवाः नेपाल ११३१ तथा काठमाडौं महानरपालिकाकी उपमेयर सुनीता डंगोलले मिस नेवाः मा नेवारी कला, संस्कृति, भाषा, परम्पार, लिपी, संस्कारजस्तै सबै सिकाइने अनुभव सुनाउँदै सँगसँगै व्यक्तित्व विकास पनि हुँदै जाने बताउनुभयो ।

‘आज म यहाँ पुग्नुको श्रेय पनि म मिस नेवाः लाई नै दिन्छु । मिस नेवाः वास्तवमा व्युटि कन्टेष्ट नै होइन, यो त ट्यालेन्ट कन्टेष्ट हो । मिस नेवाः मा सहभागी भएपछि नै ममा परिवर्तन आएको हो । मिस नेवाः मा जित्नु ठूलो कुरा होइन, पर्पmम चाहिँ एकदम राम्रो गर्नुपर्छ । सबैभन्दा पहिला आफुले आफैँलाई चिन्नुपर्छ । आफैँलाई चिन्नु एकदम महत्वपूर्ण हुन्छ । जबसम्म आफूले आफैँलाई चिन्न सकिन्न, तवसम्म मिस नेवाः मात्र होइन, अरु कुनै पनि कुरा जित्न सकिन्नं’ प्रतियोगिताका सहभागीहरूलाई डंगोलको टिप्स थियो ।

मिस नेवाः को आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, बुढानिलकण्ठ नगरपालिकाका उप–प्रमुख अनिता लामा, मिस नेवा ः २०२१ कृषा महर्जन, मिस नेवा ः २०२२ सलिना महर्जन, नेपाल क्योकुशिन सेइसिन काईकान कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठको विशेष आतिथ्यता र सपनतिर्थ व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी देव डंगोलको संयोजनमा सम्पन्न कार्यक्रममा समाजसेवीहरू रमेश नापित, गणेशमान श्रेष्ठ र देवराज डंगोललाई कदरपत्रबाट सम्मानित गरिएको थियो ।

१७औं संस्करणको मिस नेवाः नेपालको अन्तिम प्रतिस्पर्धा आगामी भाद्र ५ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुनेछ । प्रतियोगिताको अन्तिम स्पर्धामा तुलसी कंसाकार, तिमिला महर्जन, ऋतिका श्रेष्ठ, तुलसा प्रजापति, अविशा कपाली, कृष्टी प्रजापति, सिचु मानन्धर, खुशी डंगोल, ऋद्धिशा श्रेष्ठ, एड्रिना श्रेष्ठ, युनिशा महर्जन, रोजिना महर्जन, सुविता देउला, अंशु प्रजापति, रसिला श्रेष्ठ, सकिला महर्जन र मीनासा महर्जन सहभागी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?