सामुदायिक बन उपभोक्ता समितिद्वारा ग्याँस चुल्हो बितरण

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई ग्याँस चुल्हाे बितरण गरेका छ । ग्याँस चुल्हो बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका-७ होक्सी स्थित पुर्व चिसापानी सामुदायिक बन उपभोक्ता समिति रहेका छ ।

दैनिक रुपमा प्रयोग हुने झनझटिलो चुल्होबाट मुक्त गर्ने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई ग्याँस चुल्हो बितरण गरिएको समुहको अध्यक्ष नारायण वहादुर कार्कीले बताउनुभयाे । अध्यक्ष कार्कीका अनुसार आर्थिक बर्ष ०७९/८० को बार्षिक कार्यक्रम अन्तर्गत गरिबी निवारण शिर्षकबाट उपभोक्तालाई ग्याँस चुल्हाे बितरण गरिएको हो ।

समुहमा आबद्द ५८ घरधुरी उपभोक्ताहरुलाई एकएक थान ग्याँस, ग्याँस चुल्हो र त्यसमा प्रयोग हुने अन्य सामाग्रीहरु बितरण गरिएको समुहका सचिव भक्त वहादुर थापाले बताउनुभयाे  । बिगतमा पनि आफ्नो उपभोक्ताहरुलाई आत्मानिर्भर बनाउने कार्यक्रमहरु समितिले गर्दै आएको स्थानीय उपभोक्ताहरु बताउछन ।

बितरण कार्यक्रममा इलाका डिभिजन वन कार्यालय गाइघाटका कार्यलय प्रमुख इन्द्र प्रसाद सापकोटा, सुचना अधिकारी जागेश्वर शाह, स्थानिय उपभोक्ताहरु पत्रकारलगायतको उपस्थिती रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?