
काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपले महासंघलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । बुधबार अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको महासंघको बैठकले कान्तिपुर मिडिया ग्रुपले हालै निकालेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आरोप पुष्टि गर्न चुनौती दिएको हो ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघको विश्वसनीयतामा प्रश्न गर्ने कान्तिपुरले कानुनको पालना गर भन्ने कुरालाई विभिन्न आरोप लगाएर प्रेस स्वतन्त्रताको चरम दुरुपयोग गरेको महासंघको ठहर छ ।’
कान्तिपुर मिडिया ग्रुपले गैरकानूनी ढंगले निष्कासन तथा सरुवा गरेका पत्रकारले आफूले पाउनु पर्ने सुविधा पाऊ भनेर आवाज उठाउँदा सुन तस्करी, भ्रष्टाचार वा बेथितिसँग जोडेर विषयान्तर गर्ने स्तरहीन तथा टिप्पणी गर्न पनि लायक नभएको विज्ञप्तिको विषयमा जवाफ दिइरहन महासंघलाई आवश्यक नरहेकोसमेत महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
मंगलबार पत्रकार निष्कासनको विषयमा कान्तिपुर पब्लिकेशन्सले आन्तरिक समझदारी वा कानुनी मार्गबाहेक कुनै पनि तेस्रो पक्षको गैरव्यावसायिक दबाबसँग सम्झौता नगर्ने बताएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच