काठमाडौं महानगरपालिका वडा नम्बर १ मा एमालेका भरतलाल निर्वाचित

Read Time = 2 mins

काठमाडौं । मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई स्वतन्त्र उम्मेदवार बालेन साहले धेरैपछि छोडिरहँदा काठमाडौं महानगरपालिका वडा नम्बर १ मा भने एमालेले जित हासिल गरेको छ ।

महानगरको वडा १ मा एमालेका भरतलाल श्रेष्ठ निर्वाचित हुनु भएको छ । उहाँ ६२२ मतका साथ निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याउनु भयो ।

स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाउनु भयो भने राप्रपाका किरोजमान डंगोलले २२८, माओवादी केन्द्रका २८ र एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले २६ मत पाउनु भएको छ ।

महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याई निर्वाचित भएका छन् ।

यस्तै खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र कांग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याई निर्वाचित भएका छन् ।

उक्त वडामा कुल २ हजार ३३१ मत खसेको थियो भने ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले ल्याउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?