भूकम्प पीडितलाई रोशी गाउँपालिकाको पौने ७ लाख सहयोग

Read Time = 1 min

काभ्रे। काभ्रेको रोशी गाउँपालिकाले भूकम्प प्रभावितका लागि पौने सात लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले ६ लाख ७४ हजार ४३६ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयाे।

बिहीबार बसेको कार्यपालिकाको बैठकले भूकम्प प्रभावित जिल्लाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एक लाख, गाउँपालिकाका जनप्रतिनिधिहरूको १५ दिनको सेवा सुविधा बराबरको रकम ३ लाख ६७ हजार २५०, अधिकृतस्तरका कर्मचारीहरूको २ दिनको तलब  र सहायकस्तरका कर्मचारीहरूको १ दिनको तलब बराबरको रकम २ लाख ७ हजार १८६ गरी कूल रकम ६ लखा ७४ हजार ४३६ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने  निर्णय भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?