
काठमाडौं । हरित अर्थतन्त्रको प्रवद्र्धनमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा ग्रिनग्रोथ एडभाइजरी सर्भिस स्थापना भएको छ । राष्ट्रिय सभाको दिगो विकास एवं सुुशासन समितिका सभापति प्रकाश पन्थी, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक नुमान ओजकानले बिहीबार संयुक्तरूपमा उक्त सर्भिस सेन्टरको शुभारम्भ गरेका थिए । ग्रिनग्रोथ एडभाइजरी सर्भिस अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा स्थापना भएको हो ।
सर्भिसमार्फत् महासंघले आर्थिक वृद्धिलाई बढावा दिँदै वातावरणीयरूपमा दिगो अभ्यास अपनाउन सक्रिय वकालत गर्नेछ । एडभाइजरीमार्फत् औद्योगिक करिडोर, औद्योगिक क्षेत्र र ग्रामहरूमा विशेष जोड दिएर रोजगारमूलक सीप विकास, हरित रोजगारी र न्यायोचित परिवर्तनमा केन्द्रित हुँंदै केन्द्र, प्रदेश र स्थानीयस्तरमा सचेतना अभियान आयोजना गरिने महासंघले जनाएको छ । हरित अर्थतन्त्र प्रवद्र्धन गर्न रणनीति र कार्ययोजना विकासमा सहयोग गर्ने कार्यमा पनि एडभाइजरीले पहल गर्नेछ ।
हरित वृद्धिको महत्व र केन्द्रीय, प्रदेश र स्थानीयस्तरमा वकालत र प्रगति मापन गर्न मेट्रिक्स र सूचक स्थापना गरी हरित वृद्धिको कार्यान्वयन सुनिश्चित गर्न नियामक मार्गदर्शन पनि गर्नेछ । हरित वृद्धिसँग सम्बन्धित ज्ञान, प्रविधि र उत्कृष्ट अभ्यास आदानप्रदान गर्न एवं सरोकारवाला निकायसँगको सहकार्यमा पनि एडभाइजरीले काम गर्ने बताइएको छ ।
यसको प्रभावकारी सञ्चालनका लागि महासंघ, नेपाल सरकार, विश्वविद्यालय, ट्रेड युनियन, आइएलओ र यस क्षेत्रका विज्ञ रहेको एक एडभाइजरी सर्भिस गठन गरिएको छ । सो अवसरमा समितिका सभापति पन्थीले महासंघले नेपाली उद्योग व्यवसायलाई हरित वृद्धिको अवधारणातर्फ लैजान थालनी गरेको प्रयासको सराहना गर्नुभयो । महासंघका अध्यक्ष ढकालले नेपाली व्यवसाय र उद्योगमा हरित वृद्धि अभ्यास अँगाल्दा वातावरण र समाजलाई मात्र फाइदा नपुुगी आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन दिगोपनका लागि अवसरसमेत सिर्जना हुने दाबी गर्नुभयो ।
आइएलओका देशीय निर्देशक नुमानले नेपाली व्यवसाय र उद्योग क्षेत्रमा हरित वृद्धि अवधारणाको नेतृत्व र कार्यान्वयन गर्न र यसलाई देशभर प्रवद्र्धन गर्ने कार्यमा महासंघलाई आइएलओको सहयोग रहने जानकारी गराउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली निजी क्षेत्रको क्षमता विकास, जनशक्ति विकास, असल श्रम सम्बन्ध विकासमा आइएलओको सहयोगको प्रशंसा गर्नुभयो । महासंघका वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले वस्तुुगत संघहरूको कार्य सञ्चालन विधि, कार्यस्थलमा आधारित सीप सिकाइ निर्देशिका, हरित वृिद्ध प्रतिवेदन तयार गर्न आइएलओले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच