थप नयाँ फोन रियलमी ९

Read Time = 2 mins

काठमाडौं । रियलमीले नेपाली बजारमा ९ सिरिजअन्तर्गत थप नयाँ फोन रियलमी ९ ल्याएको छ । स्मार्टफोन अर्को सातादेखि दराज र सबै मेनलाइन च्यानलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

उत्कृष्ट प्रोलाइट क्यामेरा र सामसुङ आइएओसेल एचएम ६ इमेज सेन्सरसाथ आएकोे रियलमी ९ विश्वको पहिलो स्मार्टफोनमध्ये एक हो, जसले कम प्रकाशमा पनि फोटोमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्छ । १०८ एमपी प्रोलाइट क्यामेरामा आठ एमपी रिजोल्युसनका साथ १२० डिग्री सुपर वाइड क्यामेरा र दुई एमपी रिजोल्युसनसाथ चार सेमी म्याक्रो क्यामेरा रहेका छन् ।

१६ एमपी सेल्फी क्यामेराले अँध्यारोमा पनि प्राकृतिक र उत्कृष्ट सेल्फी लिन सकिन्छ । मुटुको गति पत्ता लगाउने इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र डायनामिक र्‍याम विस्तार प्रविधि डिआरई पनि समावेश छ, जसले र्‍यापमा ५ जिबीसम्म थप्न सक्छ । ७.९९ एमएम स्लिमयुक्त तौल १७८ ग्राममात्र रहेको छ । ८/१२८ जिबी भेरियन्टको मूल्य ३३ हजार चार सय ९९ र ६/१२८ जिबी भेरियन्टको ३१ हजार चार सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?