सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आममाफी

Read Time = 2 mins

यांगुन । म्यान्मारको सैनिक सरकारले दुई हजार १५३ जना बन्दीलाई आममाफी दिएको छ । दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्राउ गरेको थियो । सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन् ।

आगामी शुक्रबार बुद्धपूर्णिमाको अवसरमा बन्दीलाई रिहा गरिनेछ । अधिकतम तीन वर्ष जेलसजाय भोगेकाहरूमध्येबाट ती बन्दी रिहा हुन लागेका हुन् । सैनिक सरकारको विरोध गरेको हजारौँलाई कारगारमा कोचिएको छ । सामान्यतया राष्ट्रिय पर्वका बेला म्यान्माले आममाफी घोषणा गर्दै आएको छ ।

चीनका विदेशमन्त्री छन गङको भ्रमणपछि आममाफीको घोषणा भएको हो । मंगलबार उहाँले सैनिक सरकारका वरिष्ठ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । चीनले म्यान्माको सार्वभौमसत्ताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै शान्ति र मेलमिलापका निम्ति सहयोग गर्न बेइजिङ सधैं तत्पर रहने बताउँदै आएको छ । म्यान्मामा चीनको सहयोगमा विकास-निर्माणका धेरै पूर्वाधार परियोजना सञ्चालित छन् । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?