दाङमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाईने

फाइल तस्बिर

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ  । दाङमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले एक विज्ञप्ती जारी गरी राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्ने समय निर्धारण गरेको हो ।

यस्तै पटकजन्य पदार्थ बिक्रि वितरणमा कडाई गरिएको छ । भूईचम्पा, पटका, आतिशवादीजस्ता विस्पोटक र प्रज्वलनशिल पदार्थको प्रयोग र बिक्रि गरेको पाइएमा कडा कार्बाही गरिने चेतावनी समेत उल्लेख छ ।

यस्तै जिल्लामा विदेशी माछा र दुग्ध पदार्थको आयातमा समेत कडाई गरिएको छ । गृहमन्त्रालयको निर्देशन बमोजिम दाङमा विदेशी माछा र दुग्ध पदार्थको आयात तथा उपभोगमा कडाई गरिएको सहायक प्रमुख जिल्ला अधिकार साबित्रा पुनद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै प्लाष्टिक जन्य फूल तथा मालाको बिक्रि वितरणमा पूणर्रुपमा प्रतिवन्ध लगाइएको छ । वातावरण र स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी प्लाष्टिक जन्य फूल तथा मालाको बिक्रिवितरण प्रयोग नगर्न अनुरोध गरिएको छ ।

विज्ञप्तीमाफर्त तिहारमा स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?