कर्णालीमा खसेको जिपका चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका २ मा बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका ५ कालिपुरका २५ वर्षीय राजेश तामाङ रहेका छन् ।

जिल्ला अस्पतालमा उपचारको क्रममा बिहान साढे ९ बजे तामाङको मृत्यु भएको हो । सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश ३–०१–०२२ च ५१ २६ नम्बरको बोलेरो जिप सोमबार बिहान साढे ७ बजे सडकबाट अन्दाजी ७० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

अप्ठ्यारो बाटोका कारण यात्रुलाई घटनास्थलबाट अन्दाजी १५ मीटर अगाडी झारेर अगाडी बढाएको जिप अनियन्त्रीत भई नदीमा खसेको हुम्ला प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?