काठमाडौं । शिभाली गुरुङले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यू-१४ गल्र्स सिंगल्समा शुक्रबार स्वर्ण जित्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६-३ र ६-१ को सोझो सेटमा पराजित गर्नुभयो । वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी पहिलो हुनुभयो । उनीहरूले महेश श्रेष्ठ र अनिल शाईको जोडीलाई सिधा सेटमा ६-३ र ६-४ ले हराउनुभयो ।
योसँगै प्रतियोगितामा समावेश विभिन्न २३ स्पर्धामध्ये २० स्वर्णको छिनोफानो भइसकेको छ । बाँकी तीन स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ । त्यसदिन प्रतियोगिताकै दुई मुख्य स्पर्धा पुरुष÷महिला सिंगल्ससहित भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुनेछ ।
पुरुष सिंगल्समा प्रदीप खड्काले ऋतिक राणासँग खेल्नुहुने छ । महिला सिंगल्समा अभिलाषा विष्टले प्रकृति श्रेष्ठविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र जितेन्द्र परियारबीच खेल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच