एजेन्सी । केही मानिस भित्रैदेखि दुखी हुन्छन् तर बाहिर आफूलाई सुखी देखाउने कोसिस गरिरहेका हुन्छन् । यस्ता मानिस देखासिखी गर्नुबाहेक आफूलाई जबरजस्ती सुखी राख्ने कोसिस गर्छन् । तर, सद्गुरु जग्गी वासुदेवका अनुसार यसप्रकारको बनावटी जीवन जिउँदा धेरै ऊर्जा समाप्त हुन्छ । जसका कारण कुनै पनि मानिस पूर्णरूपमा भित्रैबाट खुसी रहन सक्दैनन् ।
तपाईं आफूलाई जति निराश महसुस गर्नुहुन्छ, त्यति नै तपाईंलाई अरूको साथको आवश्यकता पर्छ । तर, तपाईं जति खुसी हुनुहुन्छ, भित्रैदेखि त्यति नै उत्साहित महसुस गर्नुहुन्छ । त्यस्तो अवस्थामा तपाईंलाई अन्य मानिसको सहयोगको आवश्यकता पर्दैन ।
यदि तपाईं आनन्दित भएर आफ्नो काम गर्नुहुन्छ भने तपाईंले धेरै मिहिनेत पनि गर्नुपर्दैन । यो संसारमा सबैभन्दा मुस्किल काम जीवनमा सुखी नहुँदा पनि लगातार आफूलाई खुसी देखाउन कोसिस गर्नु हो । यसरी देखावटी काम गर्दा धेरै ऊर्जा समाप्त भएको हुन्छ । मानिसहरू बनावटी सुख र हाँसो देखाउँछन्, जसका कारण उनीहरूको ऊर्जा सकिँदै जान्छ । यसले गम्भीर बिरामी पनि हुन सक्छ ।
These are the really TOUCHY lines: “यो संसारमा सबैभन्दा मुस्किल काम जीवनमा सुखी नहुँदा पनि लगातार आफूलाई खुसी देखाउन कोसिस गर्नु हो । यसरी देखावटी काम गर्दा धेरै ऊर्जा समाप्त भएको हुन्छ । मानिसहरू बनावटी सुख र हाँसो देखाउँछन्, जसका कारण उनीहरूको ऊर्जा सकिँदै जान्छ । यसले गम्भीर बिरामी पनि हुन सक्छ ।”.. -Harit