संस्कृति जोगाउन गाउँमा रोटे पिङ

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । परम्परागतरुपमा चल्दै आएका संस्कृतिहरु लोप हुँदै गएको अवस्थामा त्यसलाई जोगाउन भोजपुर नगरपालिका वडा नम्वर १ हेलौछाको डाँडाबोखिममा गाउँले मिलेर रोटे पिङ लगाएका छन् ।

वडाध्यक्ष जिरामणी राईको पहलमा दशैं तिहारको अवसर पारेर गाउँमा रोटे पिङ लगाईएको हो । वडाध्यक्ष राईले भन्नुभयो, “अहिलेका युवा पुस्ताहरु सामाजिक सञ्चालमा नै ब्यस्ता हुने हुदाँ परम्परागतरुपमा चल्दै आएका सस्कार र संस्कृतिहरु समेत लोप हुने अवस्थामा पुगेका छन ।” यसैको संरक्षण र सम्वर्धनका लागि वडावासीको सहयोगमा गाउँमा पिङ हालिएको हो ।

दशै तिहार जस्ता पर्वहरुमा पनि अहिलेको आधुनिकताका कारण रौनह कम हुन थालेकाले पुरानो संस्कार र संस्कृति संरक्षणमा वडाले भुमिका निर्वाह गर्दे आएको हो । गाउँ घरमा बाँसबाट बनाईने लिङे पिङ समेत बिस्थापित हुदै गई रहेको अवस्थामा मेहनतका साथ काठ खोजेर रोटे पिङ लगाईएको स्थानीय धनप्रसाद राईको भनाई रहेको छ ।

विगतमा ग्रामीण क्षेत्रहरुमा लोकप्रिय काठबाट बनेको रोटे पिङ अचेल देखिदैन । साबिकका ४ वटा वडाहरुको संलग्नतामा गाउाँमा निर्माण गरिएको पिङमा सखुवाको काठ प्रयोग गरिएको हुनाले निकै मजबुतछ । यो काँठ आठ देखि दश बर्ष टिक्ने भएकाले चाड पर्व पछि यसलाई सुरक्षित राखेर आगामी बर्षहरुमा पनि प्रयोग गर्न सकिने स्थानीयको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?