बिहानैदेखि बालगोपालेश्वरमा भाइटीका लगाउँदै सर्वसाधारण (तस्वीर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज बुधबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका ।

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइएको छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका मनाइन्छ ।

यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ ।

दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा भाई टीका लगाएका छन् ।

वर्षमा एक दिन भाई टीकामा मात्र खुल्ने यो मन्दिरमा दिदी बहिनी नभएकाले यहाँ रहेका दिदी बहिनीको हातबाट टीका लगाउने प्रचलन रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?