सर्लाही । तिहार सकिनेबित्तिकै तराई मधेशमा छठको रौनक सुरु भएको छ । शुक्रबारदेखि विधिवत् रूपमा छठपर्व सुरु भएको हो । शुक्रबार व्रतालु महिला एवं पुरुषले बिहानै उठेर हात खुट्टाका नङ काटेर र चोखो पानीले नुहाइधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गरेका छन् । यसरी गरिने नित्यकर्मलाई ‘नहाइ-खाइ’ भनिन्छ । स्नान गरी शुद्ध भएका व्रतालुहरूले ‘अब जथाभावी खाँदिनँ र तन मनले प्रभुको शरणमा बस्छु’ भनी प्रणसमेत गर्दछन् । छठको दोस्रो दिन आजलाई खर्ना भनिन्छ । खर्नाको दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।
यसदिन व्रतालुले एक छाक मात्र भोजन गर्छन् । छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यास हो । कात्तिक शुक्ल षष्ठी अर्थात् तेस्रो दिनलाई छठको मुख्य दिन मानिन्छ । छठमा सूर्यको पूजा गर्ने दिन भएकाले व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् ।
साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । त्यस क्रममा सूर्यलाई चढाउन बनाइएका सामग्रीहरू पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाइन्छ । कात्तिक शुक्ल सप्तमी अर्थात् छठको चौथो दिन उदाउँदो सूर्यको पूजाआजा गरिन्छ । उदाउँदो सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् । छठमा पवित्रता र चोखोनितोलाई अति महत्व दिइन्छ । खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामसाथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ । छठ पर्व मनाउन यतिबेला पोखरी, नदी, तलाउ जस्ता पानीका स्रोत भएका ठाउँलाई सिंगार्ने, सफासुग्घर बनाउने, टेन्ट टाँग्ने काम भइरहेको छ ।
कृत्रिम पोखरीको भर
छठ पर्वको पूजाका लागि तराई मधेशका खोला, पोखरी, कुवा तथा नदी सिंगारेर झपक्क पारिएको छ । यसरी बेहुुलीझैँ सिंगारिएको स्थानमा समेत जलवायु परिवर्तनको असर प्रष्ट रूपमा देखापर्न थालेको देखिन्छ । पछिल्लो समय खोलामा पानी सुुकेर पानी बिनाको खोला भएपछि स्थानीय तहको पहलमा छठीघाट (पूजास्थल) निर्माण गर्न पानीको खोल्सी खनिरहेको देखिन्छ । सर्लाहीको फूूलजोर खाला, कालिञ्जोर खाला, लखन्देही, झिम लगायतका प्रमुख खोलामा समेत अहिले पानी छैन । यसरी पानी नभएपछि स्थानीय तहको पहलमा डोजर सञ्चालन गरी छठीघाट निर्माण गर्न खोलामा खोल्सी निर्माण गरिएको ईश्वरपुरका नगर प्रमुख मनोज आचार्यले बताउनुुभयो ।
यसवर्ष आफ्नो नगर क्षेत्रभित्र मात्र करिब २०-२५ स्थानमा खाल्डा खनेर पानी बाहिरबाट भर्न काम गरिएको नगर प्रमुुख आचार्य बताउनुहुन्छ । पछिल्लो समय पानीको मुहान सुुक्दै र मूलफुट्ने गरी पानी नपर्दा खोलामा पानी नभएको कारण डोजर सञ्चालन गरी पानीको जोहो गनुपर्ने अवस्था आएको छ । चुरे क्षेत्रबाट बग्ने पानी यसवर्ष छिट्टै सुक्दा खोलामा पानी नहुँदा यसरी स्थानीयले खाल्डोको पानीको भरमा पूूजा गर्नुपरेको हो । यसरी खाल्डोमा रहेको पानीमा पूूजा गर्दा जुन रूपमा धेरै समुदायले एकै ठाउँमा जम्मा भएर पर्व मनाउँदा रमाइलो हुनुको साथै भाइचारा कायम देखिन्थ्योे त्यसमा कमी देखिएको छ । आफ्नो इच्छाअनुसार र समुदायपिच्छे हुने भएकाले यसको मैलिकतासमेत हराउने नागरिक समाज सर्लाहीका अगुुवा रजनीकान्त झा बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच