बाँकेका सबै पालिकाको बजेट करिब छ अर्ब

Read Time = 3 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गरेका छन् । बजेटमार्फत् यहाँका पालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकता दिएका छन् ।

यहाँका आठवटै पालिकाको कुल बजेट पाँच अर्ब ९२ करोड ३७ लाख पाँच हजार छ सय ५९ रुपैयाँ रहेको छ । सबैभन्दा धेरै बजेट नेपालगञ्ज उपमहानगरपालिकाले प्रस्तुत गरेको छ भने सबैभन्दा कम बजेट जानकी गाउँपालिकाको छ । नेपालगञ्ज उपमहानगरपालिकाले एक अर्ब ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाँ र जानकी गाउँपालिकाले ४६ करोड १० लाख ८९ हजार छ सय १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । १३औँ नगरसभामार्फत् कोहलपुर नगरपालिकाले एक अर्ब सात करोड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने खजुरा गाउँपालिकाले ८३ करोड ३९ लाख ५३ हजार छ सय ५८ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकामध्ये जनसंख्या र भूगोलका आधारमा सबैभन्दा ठूलो गाउँपालिका राप्तीसोनारीले ८० करोड ९१ लख २८ हजार बजेट प्रस्तुत गरेको गाउँपालिकाले जनाएको छ । बैजनाथ गाउँपालिकाले ६९ करोड ९९ लाख ३५ हजार नौ सय ७५, डुडुवा गाउँपालिकाले ४८ करोड ८४ लाख ३४ हजार र नरैनापुर गाउँपालिकाले ४८ करोड ६२ लाख दुई हजार आठ सय ७३ रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । नरैनापुर र राप्तीसोनारी गाउँपालिकाले बजेटमा सबैभन्दा बढी महत्व शिक्षा, सामाजिक विकास र पूर्वाधार विकासमा दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले शिक्षा र पूर्वाधार विकाससँगै स्वास्थ्यलाई प्राथमिकता दिएको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?