नेपालले दियो जापानलाई १ सय १४ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएर सो लक्ष्य दिएको हो ।

चार देश सम्मिलित महिला टि-२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको थियो । जसअनुसार नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा ५ चौकाको मद्दतमा ३८ रन बनाउन सफल भएकी थिइन भने कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिन सफल भएकी छिन ।

काजल श्रेष्ठले अविजित रहँदै ७ बलमा ३ चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाउन सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?