रूपन्देही । तिलोत्तमा-६ मा सञ्चालित रामचन्द्र-मैनादेवी अनाथ आश्रममा मंसिर १ गतेदेखि श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सञ्चालन भएको छ । आश्रमलाई दिगो रूपमा सञ्चालन गर्न स्थापना गरिएको अक्षयकोषको रकम वृद्धि गर्ने लक्ष्यसहित सो महायज्ञ सुरु गरिएको छ । अनाथ आश्रमको अक्षयकोषमा हालसम्म कोषमा ५२ लाख रुपैयाँमात्र रहेको कोषले जनाएको छ ।
आश्रम सञ्चालन गर्न बजेट अपुग भएकाले महायज्ञ गरिएको आश्रम सञ्चालिका मैनादेवी भण्डारीले बताउनुभयो । अक्षयकोषको रकम एक करोड पुगेको खण्डमा आश्रममा कम्तीमा दुईजना कर्मचारी राखेर आश्रमलाई व्यवस्थित रूपले सञ्चालन गर्ने योजना रहेको उहाँ बताउनु हुन्छ । कर्मचारीलाई तलब दिन रकम अभाव भएकाले हालसम्म मैनादेवी र उनको परिवारले आश्रम सञ्चालनका लागि सबै काम बिहानदेखि रातिसम्म खटेर आफैं गर्नुपरेको बताउनुहुन्छ । ‘अब उमेर र स्वास्थ्यले पनि दिनभरि खटेर काम गर्न सक्ने अवस्था छैन, त्यसैले कम्तीमा दुईजना कर्मचारी राख्नै पर्नेछ ।
कर्मचारीलाई तलब दिन अक्षयकोष कम्तीमा एक करोड हुनुपर्छ’, मैनादेवी भन्नु हुन्छ । आश्रमममा २५ जना अनाथ बालक राख्न सकिने भौतिक पूर्वाधार भए पनि कर्मचारी राख्न नसक्दा १२ जनामात्र छन् । मंसिर १ गतेबाट सुरु भएको सो महायज्ञ तिलोत्तमाका मेयर रामकृष्ण खाँणले उद्घाटन गर्नु भयो । मंसिर ८ गतेसम्म महायज्ञमा प्रेमसुदन शास्त्री प्रमुख कथावाचक र निशान्त अधिकारी उपवाचकसहित ११ जना पण्डित गरुहरुले संगीतमय कथावाचन गर्ने तथा सातजना कलाकारको टोलीले झाँकी र लीलासहित गीत र नृत्यमार्फत मनोरञ्जन दिलाउने छन् । महायज्ञ सम्पन्न गर्न सनातनी युवा मञ्च तिलोत्तमाले आश्रमसँग सहकार्य गरेको छ ।
२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा दर्ता भएको आश्रम चलाउन आर्थिक स्रोत नभएपछि मैनादेवीले सुरुका वर्षमा मुठ्ठीदान संकलन गरेर सञ्चालन भएको थियो । पछि विभिन्न संघसंस्थाको र दाताहरुको सहयोग हुन थालेपछि सहज भए पनि आम्दानीको उपयुक्त र भरपर्दो स्रोत नभएकाले महायज्ञ सञ्चालन गरिएको मैनादेवीले बताउनुभयो ।
आश्रम सञ्चालन गर्न झण्डै ३० वर्ष निरन्तर खटेकी मैनादेवीलाई उहाँका श्रीमान् रामचन्द्रले उत्तिकै साथ दिनुभएको छ । श्रीमान् रामचन्द्रले १५ धुर जग्गा आश्रमको नाममा पास गरिदिएका छन् । त्यही जग्गामा आश्रम भवन बनेको छ । अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दिक्षा दिने पवित्र र महान कार्यमा समर्पित मैनादेवीले एक हप्तासम्म चल्ने महायज्ञमा उपस्थित भई गच्छेनुसार दान र सहयोग गरिदिन सबैमा अनुरोध गर्नु भएको छ । महायज्ञमा पचास लाख उठाउने लक्ष्य रहेको सनातनी युवामञ्चका कोषाध्यक्ष भुवन घिमिरेले बताउनुहुन्छ । कार्यक्रममा हजारौं भक्तहरूको उपस्थिति रहनेम महायज्ञका सहसचिव अर्जुन भुसालले आशावादी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच