जुम्ला । टाउकोमा रगत जमेर पीडित बन्नुभएकी बालकुमारी गिरी ( घर्ती मगर) लाई बचाउन उहाँका श्रीमान् प्रेमराज गिरीले आग्रह गर्नुभएको छ । जुम्लाको गुठिचौर गाउँपालिका-३ निवासी ३४ वर्षीया बालकुमारी गिरीको टाउकोमा रगत जमेपछि अहिले उहाँ जीवनमरणको दोसाँधमा बाँचिरहनुभएको छ । बुढेसकाल नलाग्दै टाउकोमा रगत जमेकाले राम्रो खाने, लाउने उहाँको सपनामाथि अहिले रोग पहाड बनेर उभिएको छ ।
जीवनमरणको दोसाँधमा रहनुभएकी उहाँलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ । गिरीका एक छोरा र एक छोरी हुनुहुन्छ । दशवर्षे जनयुद्धको लडाइँपछि घर फर्कनुभएका प्रेम र उहाँकी श्रीमती घर्तीमगर निम्नवर्गीय परिवारका हुनुहुन्छ । ‘जनयुद्धको कठिन लडाइँदेखि सबै अप्ठ्यारासँग विजय हासिल गर्न सके पनि रोगसँग लड्न गाह्रो हुँदो रहेछ,’ उहाँका श्रीमान् बताउनुहुन्छ ।
पछिल्लो समय उहाँको एक हात र एक खुट्टाले काम गर्न छाडेको छ । चिकित्सकले टाउकोको अप्रेसन गरेपछि ठीक हुने सल्लाह दिएपछि अहिले उहाँले सबैसँग आर्थिक सहयोगको याचना गरिरहनुभएको छ । उपचार गर्दा-गर्दा घरको सात लाख र केही साथीभाइ र आफन्तहरूले दिएको पैसा पनि उपचारका क्रममा सकिएपछि अहिले आर्थिक अभावले उहाँको पिडालाई झन् बल्झाइरहेको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिरहनुभएकी घर्तीमगरको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । अहिले उहाँलाई सुर्खेतबाट थप उपचारका लागि काठमाडौं लैजानुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।
अहिले दैनिक सात हजारभन्दा बढी खर्च आउँछ । घर्तीमगरलाई भेट्न कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पार्टी प्रदेश अध्यक्ष विमला केसीसहित कालिबहादुर मल्ल आए पनि स्वास्थ्य लाभको काम दिनुबाहेक उहाँहरूले कुनै पनि प्रकारको सहयोग नगरेको गुनासो प्रेम गिरीको छ । सहयोगका लागि गिरीको नाममा रहेको लक्ष्मी सनराइज गुठिचौर शाखाको बैंकको खाता नं. ०७८०४९५९७०२०५००१ मा रकम जम्मा गर्न सकिने बताइएको छ । परिवारले विभिन्न सामाजिक संघसंस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् । उहाँको सम्पर्क नम्बर ९८४२५३९८६८ मा सम्पर्क गरेर पनि सहयोग गर्ने सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच