स्वास्थ्यका लागि बहुगुणी कोदो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली खानामा कोदोको परिकार विशेष हुने गर्दछ । कोदोको ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाका दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो । पछिल्लो समय चामल हाम्रो भान्सामा धेरै प्रयोग हुन थालेका कारण कोदो विस्थापित हुँदै गएको छ । पहिला चामल कम उत्पादन हुने भएकाले कोदोका परिकार धेरै खाइन्थ्यो ।

अहिले गाउँ शहरमा कोदोको ढिँडो लोकप्रिय बन्न थालेको छ । शहरी क्षेत्रमा पनि होटल तथा रेस्टुरेन्टहरूमा विशेष परिकारका रूपमा ढिँडो पाक्न थालेको छ । कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ ।

अहिले गाउँ शहरमा कोदोको ढिँडो लोकप्रिय बन्न थालेको छ । शहरी क्षेत्रमा पनि होटल तथा रेस्टुरेन्टहरूमा विशेष परिकारका रूपमा ढिँडो पाक्न थालेको छ । कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ ।

कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन ‘बी’, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्व पाइन्छ । कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो स्रोत हो ।

त्यस्तै, तौल घटाउन पनि कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन । जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्ने विज्ञहरू बताउँछन् । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्तमात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ ।

यसबाहेक यसमा भएको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्तमात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । कोदोमा हुने आइरनले रक्त अल्पता हुन दिँदैन ।

मधुमेहका रोगीलाई पनि कोदोको परिकार लाभदायक मानिन्छ भने कब्जियत र ग्याँसको समस्या भएकाहरूले नियमितरूपमा कोदोको रोटी वा ढिँडो खाने गरे फाइदा पुग्ने बताइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?