त्रिपालमै १० भूकम्पपीडितको ज्यान गयो, चिसोको प्रत्यक्ष मारमा बालबालिका, सुत्केरी र बृद्धबृद्धा

नन्दराम जैशी
Read Time = 3 mins

सुर्खेत । भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमा सरेका भूकम्पपीडितलाई एकातिर चिसोले कष्टकर बनाएको छ । भने अर्कोतिर चिसोकै कारण धमाधम विरामी पर्ने र ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ ।

१७ कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट विस्थापित भई त्रिपालमा कष्टकर जीवन विताइरहेका जाजरकोटका १० जनाको हालसम्म त्रिपालमै ज्यान गइसकेको छ । मृत्यु हुनेमा अधिकांश दीर्घ रोगी छन् । तर त्रिपालको कष्टकर बसाई र चिसोको प्रत्यक्ष मारमा भने बालबालिका, सुत्केरी, अशक्त तथा बृद्धबृद्धाहरु परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले उपलब्ध गराएको विवरण अनुसार जाजरकोटको छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेलको चिसोका कारण ज्यान गएको छ । उहाँहरुको शनिबार मृत्यु भएको हो ।

यस्तै, नलगाड नगरपालिका–४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विक, बारेकोट गाउँपालिका–१, रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंह र नलगाड नगरपालिका–४, का ८४ वर्षीय गोपालबहादुर रावलको पनि त्रिपालको बसाइले मृत्यु भएको हो ।

१७ कार्तिकको मध्यरात बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी एक सय ५४ जनाको मृत्यु भएको थियो भने, ३५ हजारभन्दा बढी घरमा आंसिकदेखि पूर्ण क्षति हुँदा हजारौं नागरिक चिसो त्रिपालमुनि बस्न बाध्य छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?