काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक लगानीका उद्योगधन्दा दर्ताको क्रम बढेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिकसम्ममा विदेशी लगानीमा उद्योग दर्ता संख्या एक सय ७८ पुगेको छ । गत आर्थिक वर्षको चार महिनामा जम्मा ९५ मात्रै यस्ता उद्योग दर्ता भएका थिए ।
कात्तिकसम्म २१ अर्ब ८८ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । गत वर्ष सोही अवधिमा ११ अर्ब ५९ करोडको लगानी प्रतिबद्धता आएको थियो ।
कात्तिकसम्म २१ अर्ब ८८ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । गत वर्ष सोही अवधिमा ११ अर्ब ५९ करोडको लगानी प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा लगानी प्रतिबद्धता ८८ प्रतिशतले बढेको छ भने परियोजना संख्या ८७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चार महिनामा आएको २१ अर्ब रुपैयाँको प्रतिबद्धतामा साउनमा मात्रै १३ अर्ब १३ करोड लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
चार महिनामा सबैभन्दा बढी लगानी प्रबिद्धता पर्यटन क्षेत्रमा ४८ प्रतिशत रहेको छ । कात्तिकसम्ममा पर्यटन क्षेत्रमा ८६ उद्योग दर्ता भएका छन् । पर्यटनपछि सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता सेवा क्षेत्रमा रहेको छ । सेवा क्षेत्रमा कुल विदेशी लगानी प्रतिबद्धताको हिस्सा ३९ प्रतिशत छ । लगानीकर्ताले चार महिनामा सेवा क्षेत्रमा ६९ उद्योगमा लगानी प्रतिबद्धता जनाएका हुन् । उत्पादन क्षेत्रमा १२ उद्योग, सूचना प्रविधि क्षेत्रमा पाँच, कृषि र खनिजमा एक-एक उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् । चार महिनामा एक हजार पाँचजना लगानीकर्ताले उक्त उद्योगमा लगानी प्रतिबद्धता जनाएका हुन् ।
चार महिनामा झण्डै २२ अर्बको लगानी प्रतिबद्धता जनाउँदा विदेशी लगानीकर्ताहरूले सञ्चालनमा रहेका उद्योगबाट कमाएको नाफासहित साढे दुई अर्ब रुपैयाँ रकम लैजान अनुमति मागेका छन् । सो अवधिमा रिपाट्रिएसनबापत रोयल्टी र लाभांशसहित दुई अर्ब ४३ करोड ५८ लाख लैजान अनुमति माग गरेका हुन् । विभागमा विभिन्न देशका लगानीकर्ताले रोयल्टीबापत एक अर्ब दुई करोड ५१ लाख रुपैयाँ र लाभांशबापत एक अर्ब ४१ करोड छ लाख रुपैयाँ लैजाने प्रस्ताव पेश गरेका छन् । गत वर्षको सोही अवधिमा नेपालबाट दुई अर्ब १२ करोड ९९ लाख लाभांश लैजान प्रस्ताव गरेका थिए । चालु आर्थिक वर्षको कात्तिकमा मात्रै रोयल्टीबापत ११ करोड २१ लाख रुपैयाँ र ७६ हजार अमेरिकी डलर लैजान विभागमा प्रस्ताव पेश गरेका छन् भने एक अर्ब नौ करोड ८१ लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव गरेका छन् ।
उद्योग विभागका अनुसार गत वर्षभरिमा जम्मा सात सयवटा भिसा सिफारिस गरेकोमा चालु आर्थिक वर्षको वर्ष चार महिनामै एक हजार चार सय एकवटा भिसा सिफारिस गरिएको छ । एक हजार चार सय एक भिसामध्ये लगानीकर्तालाई एक हजार पाँच, लगानीकर्तासँग आश्रित परिवारलाई दुई सय ७९ र लगानीकर्ताका प्रतिनिधिलाई एक सय ७९ भिसा सिफारिस गरिएको विभागले जनाएको छ । वैदेशिक लगानीमा सुधार ल्याउन सरकारले चालु आर्थिक वर्षको बजेटबाट नीतिगत सुधारका कार्यक्रम अघि बढाएको छ भने सरकारले यसै आर्थिक वर्षमा लगानी सम्मेलनको तयारीसमेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच