काठमाडौं । हाम्रो पात्रोले अष्ट्रेलियामा रेमिट्यान्स सेवा सुरु गरेको छ । कम्पनीले अमेरिकापछि सोमबारदेखि अष्ट्रेलियामा पनि सेवा सञ्चालनमा ल्याएको हो । नेपालमा रेमिट्यान्स पठाउन सकिने यो सेवाको अमेरिकामा सफल सञ्चालनसँगै अष्ट्रेलियामा सुरु गरिएको कम्पनीले जनाएको छ ।
अष्ट्रेलियामा रहेका नेपालीहरूले हाम्रो पात्रोमार्फत् तीनपटकसम्म निःशुल्क रेमिट्यान्स पठाउन पाउने बताइएको छ । हाम्रो पात्रो एपभित्रैबाट रेमिट्यान्स सेवा प्रयोग गर्न सकिन्छ । हाम्रो पात्रो एपमा रजिष्टर गरी आफ्नो फोटो र आवश्यक अन्य कागजात राखेर केवाइसी भेरिफाई गराउनुपर्ने हुन्छ । कम्पनीले अन्य देशमा पनि सेवा विस्तार गर्दै जाने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच