
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेन्द्र ढुंगाना र मधु कोइरालाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रतिवादी ढुंगाना र कोइरालालाई विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
ढुंगाना र कोइरालाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप आयोगको छ । प्रवक्ता दाहालले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार मंसिर ४ गते सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच